काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उपत्यकामा थपिएको यो सबैभन्दा बढी संख्या हो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हालसम्म २० हजार ८ सय २२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया