हिमालय एअरलाइन्सद्वारा सेप्टेम्बर २ बाट हुने छैटौँ उद्धार उडान तालिका सार्वजनिक

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो छैटौँ उद्धार उडान तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गरिरहेको छ । एअरलाइन्सले भदौ १७ अर्थात सेप्टेम्वर २ बाट छैटौँ उद्धार उडानमार्फत माल्दिभ्स, कतार, साउदी अरेबीया र कुवेतबाट नेपालीहरुको उद्धार गर्न लागेको हो ।

एअरलाइन्सका अनुसार सेप्टेम्बर २ मा माल्दिभ्स, सेप्टेम्वर ३, ६, ८ र २३ तारिकमा कतारबाट उडान हुनेछ । त्यस्तै सेप्टेम्वर ९, १७, २२ र २९ तारिकमा साउदीको दमादबाट र सेप्टेम्वर १५ मा कुवेतबाट उद्धार गर्न लागेको एअरलाइन्सले जनाएको छ ।

त्यस्तै एअरलाइन्सले विभिन्न मापदण्डहरु लागू समेत गरेको छ । जसमा यात्रुहरुले वितेको ७२ घण्टाभित्र पीसीआर परीक्षणको नेगेटिभ आएको हुनपर्ने देखि लिएर नेपाल आइसकेपछि सरकारले तोकेको मापदण्ड अनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?