वीरेन्द्रनगर नगरपालिकाले गर्‍यो एक वर्षमा २०० मिटर सडक कालोपत्रे

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक वर्षमा २ सय मिटर सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा आरसीसीसहित २ सय मिटर सडकमात्रै कालोपत्रे गरेको हो ।

ढकालले कालोपत्रे गर्ने समय चैतदेखि नै लकडाउन भएकोले धेरै मात्रामा काम गर्न नसकिएको बताए । नगरपालिकाले एक वर्षमा ५४ किलोमिटर कच्ची सडक निर्माण तथा मर्मत गरेको छ । करिब १८ किलोमिटर सडक ग्राभेल गरेको छ ।

नगरपालिकाले गतवर्ष साढे १० किलोमिटर पक्कि नाला निर्माण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?