मन्त्रिमण्डल पूर्नगठनबारे प्रधानमन्त्री ओलीको तयारी यस्तो, कसको निरन्तरता ? कसको बिदाई ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को गठन र पुर्नगठन आवश्यकताले गरिने भन्दै यसबारे आफूले विचार गरिरहेको बताएका छन् ।
प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ॠषि धमलाको मन्त्रिपरिषद्को पुर्नगठन कत्तिको जायज भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले यसबारे समिक्षा गरिरहेको बताएका हुन् । ‘पूरानै साथीहरुको टिम मिलेर अगाडी जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर वा पूर्ण हेरफेर गरेर नयाँ टिम का साथ अगाडी बढ्दा बढी गतिशिलता र गतिशिलताका साथ अगाडी जान सकिन्छ ‘ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा भएको प्रधानमन्त्रीको भनाई छ । उनले आफूले त्यसमा विचार गरिरहेको बताए ।

प्रतिवेदन तपाईको हातमा आईसकेपछि केहि मन्त्री मुख्यमन्त्री हट्ने भनेर बाहिर हल्ला भईरहेको छ नि भन्दै सोधिएको प्रश्नमा ओलीले भने, “डेढ वर्षपछि स्थानीय तहको चुनाव हुन्छ । चुनावको माहौल सुरु हुन्छ । त्यसपछिको निर्वाचनमा मूख्यमन्त्रीहरु दोहोरीन पनि सक्छन् नयाँ आउन पनि सक्छन् । यति साधारण कुरालाई मिडियाले सोधिरहन पर्छ र ? उनले थपे – ‘दोहोरिएर मन्त्री मुख्यमन्त्री हुन सक्ने नसक्ने विषय त्यतिबेला नै थाहा हुन्छ ।’

अस्थिरताको पक्षमा आफू नरहेको भन्दै उनले भने, ‘कसलाई के हुन परेको छ भन्ने आधारमा हामी निर्णय गर्दै हिँड्दैनौँ ।’

अर्थमन्त्री डा. युवराज खतिवडा दोहोरीने विषयको प्रश्नमा मुस्कुराउँदै ओलीले जवाफ दिएका छन्- ‘ दुई चार दिन हेरौँ न । २० गते त आउन लागिहाल्यो । अहिले भविष्यवाणी नगरौँ । उहाँले राम्रो काम गरिरहनुभएको छ ।’

डा. खतिवडाको कार्यशैली धेरैलाई मन नपरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका छन् –  ”कसको कसलाई मन पर्छ /पर्दैन भन्ने भन्दापनि सत्य जे हो त्यसअनुसार चल्नुपर्छ । कसले के भन्छ भन्ने कुरामा अल्झिनुहुँदैन । म कमेन्टका पछाडी चल्ने भन्दा सहि कुरा के हो तथ्य कुरा जे हो त्यसको पक्षमा छु ।”

मन्त्रिपरिषद्का कुनैपनि मन्त्रिप्रति आफ्नो असन्तुष्टि नभएको भन्दै उनले थपे, ”मन्त्रिपरिषद्मा हेरफेर हुनु स्थिरता र स्थायीत्वसँग जोडिएको कुरा होईन ।” प्रधानमन्त्रीले आफ्नो कार्यकालमा दिने परिणाम कसरी प्रभावकारी हुन सक्छन् के कुराले प्रभावकारीता बढाउन सक्छ ? भन्ने कुरा जाँच्ने हो । यदि मेरो नजरमा युवराज खतिवडा भन्दा राम्रो अर्को अर्थमन्त्रीले गर्छ भन्ने भयो भने उसलाई जिम्मा दिन सकिन्छ । युवराज खतिवडाबाट नै राम्रो हुन्छ भन्ने लागेमा त्यो पनि हुन सक्छ । अथवा कहिलेकाहिँ राजनीतिमा विभिन्न कारणले अर्थ राख्न सक्छन् त्यस्तो पनि हुन सक्छ । तर त्यो प्रभानमन्त्रीले आफू र आफ्नो कामलाई सफल बनाउनको लागि मन्त्रिपरिषद्को विषयमा र त्यसको अरु पक्षहरु के छन् भन्ने विषय केलाएर समग्रतामा निष्कर्ष के निस्कन्छ परिणाम के आउँछ त्यसलाई हेरेर टुंगो लगाउने हो ।’

पार्टीको विवाद समाधानका लागि वामदेव गौतमको प्रतिवेदनलाई सञ्जीवनी बुटीकै नाम दिनु नपर्ने तर अर्थ राख्ने बताएका प्रधानमन्त्री ओलीले उनलाई कुनै विशेष जिम्मेवारी दिँदै हुनुहुन्छ भन्ने प्रश्नमा त्यस्तो कुनै निर्णय पार्टीले नगरेको बताए । (file photo)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?