यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ४४ हजार १ सय ३५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५० लाख ६१ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७४ लाख ७ हजार ५ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८६ हजार ३ सय ८२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २१ हजार १ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख १७ हजार ३ सय ७६ पुगेको छ । हालसम्म ३३ लाख ८१ हजार ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३८ लाख १९ हजार ७७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २० हजार २५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ७९ हजार ७ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ४ सय ३१ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ६ सय ४१ पुगेको छ । बितेको २४ घण्टामा ७४ हजार १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३५ लाख ३५ हजार ४ सय ३५ पुगेको छ । हालसम्म २७ लाख ९ हजार ९ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय २८ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार २५ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ४१ जनामा कोरोना पुष्टि भएको र १ सय ११ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ८५ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ४ हजार ३ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २८ हजार ४ सय ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख २९ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ३८ हजार १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?