प्रधानमन्त्रीले भने- ‘मैले पार्टीको निर्णय नमानेको कुरा प्रतिवेदनमा आएको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय आफूबाट उल्लंघन नभएको र आगामी दिनमा पनि नहुने बताएका छन् ।

तर उनले पार्टीले के निर्णय गर्ने र के नगर्ने भन्नेमा चाँही विचार पुर्याइनुपर्नेमा बताए ।

उनले शनिबार एक अन्तर्वार्तामा भने, ‘कार्यदलले बुझाएको प्रतिवेदनमा मैले पार्टी पद्धति उलंघन गरेको कुरा आएको छैन । अहिले पद्धतिको कुरा गर्ने हो भने वातावरण जसरी अघि बढाउन खोजिएको छ तयसलाई सहयोग नपुग्न सक्छ । पार्टी विधिसम्मत ढंगले अघि बढ्नुपर्छ ।

विचारका आधारमा पार्टी संगठन चल्नुपर्छ । अनुशासनहीनता अराजकता हुनु भएन ।’ उनले सरकार ठीक ढंगले अघि बढेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?