उपप्रधानमन्त्री पोखरेलसहित दुई मन्त्री र प्रधानसेनापतिको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापती पूर्णचन्द्र थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रालयले जनाएको छ ।

केही दिनअघि छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा मन्त्रीहरुसहित प्रधानसेनापति थापा गएका थिए । सोही क्रममा कोरोना संक्रमित कर्मचारीसँग मन्त्रीहरुको भेट भएको थियो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु होम आइसोलेसनमा रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?