प्रदेश २ मा कोरोनाको कारण थप ७ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । आज पर्सामा ३ जना, महोत्तरीमा २ र सिरहामा २ जना गरि ७ को मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक बिकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार यस भन्दा पहिले शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?