काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार काठमाडौं उपत्यकामा थपिएका १८६ जना संक्रमित मध्ये १९ जना संक्रमित ललितपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (शनिवार) थप ८८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।
नेपालमा हिजो (शुक्रवार) ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया