काठमाडौं । डा गोविन्द केसीलाई सुरक्षाकर्मी परिचालन गरी बाहिर हिडडुल गर्न नदिएको सन्दर्भमा नेपाल चित्कित्सक संघले आपत्ती जनाएको छ । कोरोना महामारीकाबीच सेवाको लागि जुम्लामा पुगेका संघको आजिवन सदस्य समेत रहेका डा केसीलाई त्यहाँ एक होटेलबाट बाहिर निस्किन नदिएको विषयमा संघले आपत्ती जनाएको हो ।
“संघले शनिवार एक विज्ञप्ति जारी गर्दै मानवीय सेवामा लागेको मान्छेलाई त्यसरी रोक्ने जस्ता अमानवीय कार्य रोक्न समेत सरोकार वाला निकायसँग संघले माग गरेको छ । यस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिडडूल गर्न नदिने, नागरिकहरुसँग सम्र्पक गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि नेपालको चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका केसीले गत भदौ ११ गते जुम्लामा आफूले आमरण अनसन बस्ने घोषणा गरेका थिए । आफूले राखेका मागहरु सरकारले पुरा नगरेको भन्दै अनसन बस्न लागेका डा केसीलाई प्रहरीहरुले धरपकड गरी एक होटेलमा राखेका थिए ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/Press-Release-of-NMA-2077-5-13-1.pdf” title=”Press Release of NMA 2077-5-13 (1)”]
यो पनि
जुम्ला पुगेर अनसनको तयारीमा डा गोविन्द केसी, प्रहरीले गर्यो अवरोध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया