भक्तपुरकी एक महिलासहित कोरोनाबाट एकैदिन ४ महिलाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ ।

१२ जना मध्ये ४ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया दुई महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन् ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप ९२७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?