जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय आबे लामो समयसम्म प्रधानमन्त्री बन्ने जापानका पहिलो प्रधानमन्त्री हुन् । उनी सन् २०१२ देखि हालसम्म जापानका प्रधानमन्त्री थिए ।

लामो समय यता पेटको बिरामी रहेका उनले आज एक पत्रकार सम्मलेन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले ७ वर्ष ६ महिना लामो कार्यकाल पुरा गरेका छन् । उनी पछिल्लो ५० दिनको कुनै पनि कार्यक्रममा देखिएका छैनन् ।

उनी बिरामी भएका कारण अस्पतालमा भर्ना भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?