नयाँदिल्ली । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी बिहीवार पनि ‘डिप कोमा’ मा रहेको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ ।उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पताले बुधवार विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको थियो ।
आज पनि उक्त अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखिएको जनाएको हो । नयाँ दिल्लीबाट भारतीय सञ्चारमाध्यमहरुले सो समाचार दिएका बताइएको छ । उनलाई केही समय यही उपचार प्रविधिमा राखिने सो अस्पतालले बुधवार नै जानकारी दिएको बताइएको थियो ।
पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए । उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको जनाइएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया