नुवाकोटमा एकैपटक ७ जनामा कोरोना पुष्टि

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटमा एकैदिन ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । भने ३ सय ६९ जना कोरोना उपचार पछि निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उत्त हो । जसअनुसार काठमाडौंमा २ सय ७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनए ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । हिजो मात्र उपत्यकामा ३ सय १ जनामा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?