काठमाडौं । नेपालमा कोरोनाको कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।
प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् । त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । भने ३ सय ६९ जना कोरोना उपचार पछि निको भएर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उत्त हो । जसअनुसार काठमाडौंमा २ सय ७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया