काठमाडौंको नेपालटारका एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको नेपालटारका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालटारमा बस्दै आएका ती पुरुषको बिहीबार राजधानीको किष्ट अस्पतालमा मृत्यु भएको हो ।

४८ वर्षीय ती पुरुषमा गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा सुगरलगायतको समस्या रहेको थियो । उनी पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल क्षेत्रमा त्रास फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?