भक्तपुरमा एक संक्रमितको मृत्यु, थपिए २४ जना नयाँ संक्रमित

काठमाडौं । भक्तपुरमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ३०१ जना संक्रमित मध्ये २४ जना संक्रमित भक्तपुरका रहेका छन् । भक्तपुरकी ५३ वर्षीया महिलाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यसैबीच नेपालमा आज (बुधवार) थप ८८५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?