गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९५२ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९५२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरी प्रयोगशाला गरिएको परिक्षणमा प्रदेशमा थप भएका नयाँ ६ जना मा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमा कास्कीको पोखरा महानगरपालिका, बागलुङ, गोरखा र नवलपुरका रहेका छन् ।

पोखरा महानगरपालिका–१७ का संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ भने अन्य जिल्लाका संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?