काठमाडौं । दक्षिण अमेरिकी देश पेरुको एक डिसकोमा पुलिसले छापामार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पुलिसले कोरोना भाइरसको महामारी रोकथामलाई लिएर गरिएको लकडाउनका नियम उल्लंघनलाई लिएर छापा मारेको थियो ।

जसपछि डिस्कोमा अचानक भागदौड मच्चिएको थियो । अधिकारीहरुले आईतवार जानकारी दिँदै भागदौडका क्रममा १३ जनाको मृत्यु भएको बताएका छन् ।

यो मामिलालाई लिएर गृह मन्त्रालयले लीमास्थित थोमस डिस्कोमा शनिवार राती पार्टी चलिरहेको बताएको छ ।

जसमा १२० जना सहभागी थिए । त्यसैबेला पुलिसले छापा मार्दा भागदौड मच्चिएको थियो । २३ जना भने गिरफ्तार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पेरुमा अहिले २८ हजार १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ६ लाख ७ हजार ३८२ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया