लद्दाखको सुरक्षाका लागि भन्दै भारतले सेनालाई दियो इग्ला मिसाइल !

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा गत जून १५ को हिंसात्मक झडप पछि दुबै देशबीचको सम्बन्ध बिग्रिँदै गईरहेको छ ।

उक्त हिंसात्मक झडपमा भारतीय २० सैनिकले ज्यान गुमाएका थिए । यसैबीच भारतले सीमामा सुरक्षाका लागि भन्दै आफ्ना सैनिकलाई इग्ला मिसाइल दिएको छ ।

यदि शत्रुले कुनै पनि प्रकारले एयरस्पेशमा आएको खण्डमा त्यसलाई नष्ट गर्नको लागि काममा आउँछ ।

इग्ला मिसाइलको माध्यमबाट जवानहरुले काँधबाटै वार युद्ध गर्न सक्छन् । हेलिकप्टर तथा फाइटर हेलिकप्टरमाथि निशाना साँध्न सक्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?