निको भएका व्यक्तिमा दुई पटक देखियो कोरोना !

काठमाडौं । हङकङमा एक व्यक्तिमा दोस्रोपटक कोभिड–१९ को संक्रमण देखिएको छ । आईटी क्षेत्रमा काम गर्ने यी ३३ व्यक्ति व्यक्ति स्पेनबाट फर्किएका थिए । साढें चार महिनाको अवधिमा यी व्यक्तिमा दुुईपटक कोरोना संक्रमण देखिएको हो ।

कोरोनाबाट निको भइसपछि प्रतिरोधी क्षमता बलियो हुन्छ भन्ने विषयमा पनि यस घटनाले सवाल खडा गरेको छ । यसअघि अनुसन्धानकर्ताहरुले पहिलोपटक कोरोनाबाट निको भएपछि बिरामीहरुमा भाइरसविरुद्ध लड्ने प्रतिरोधी क्षमता लामो समयसम्मका लागि विकसित हुने दाबी गरेका थिए ।

चाडैं हुनसक्छ दोस्रो संक्रमण:

यस घटनाबारे अनुसन्धान गरेका हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट केल्वि काय–वेङका अनुसार कोभीड–१९ संक्रमणपछि बन्ने इम्युनिटी जीवनभर रहदैंन ।
बरु, संक्रमण फेरि चाडैं हुनसक्छ । शंकास्पद लक्षण देखिएमा तत्काल जाँच गराउन उनले सुुझाव दिएका छन् ।

यसरी बाहिर आयो घटना:

३३ वर्षीय व्यक्तिमा स्क्रिनिङपछि दोस्रोपटक संक्रमण भएको घटना बाहिरिएको हा । यी व्यक्ति यसै महिना युरोपबाट फर्किएका थिए र हङकङ विमानस्थलमा स्क्रिनिङका दौरान पिसिआर परीक्षण भएको थियो । जाँचको रिपोर्ट पोजेटिभ आयो । साढें चार महिना पहिल्यै यी व्यक्ति कोरोबाट निको भइसकेका थिए, त्यसैले फेरि संक्रमण देखिनु स्वभाविक थिएन । कोरोनासँग लड्न इम्युनिटी यी व्यक्तिमा विकसिमत भएको ठानिएको थियो, तर त्यस्तो भएन ।

माइक्रोबायोलोजिस्ट केल्भिन काय वेंगका अनुसार निको भइसकेपछि दोस्रापटक संक्रमण हुँदैन भनेर सोच्नु गलत हो । निको भइसकेका व्यक्तिले पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने काम निरन्तर जारी राख्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?