एक जना पनि कोरोना संक्रमित नभएका यी २ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् । २ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका २ जिल्ला

  • हुम्ला
  • मुस्ताङ

नेपालमा आज (मंगलवार) थप ८५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १६४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?