ब्राजिलका राष्ट्रपतिको एकपछि अर्को विवादास्पद बयान : ‘डरपोक पत्रकारलाई कोरोना भयो भने बाच्न गाह्रो छ’

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले सोमवार एक कार्यक्रममा कोरोनालाई हराएको आफ्नो कहानी शेयर गरेका छन् ।

साथै उनले यो कार्यक्रममा एक विवादास्पद बयान पनि दिएका छन् ।

उनले पत्रकारलाई डरपोक बताउँदै भने, डरपोक जर्नलिस्टलाई कोरोना भयो भने बच्न आशा कम हुन्छ ।

उनले भने, ‘मलाई लाग्छ, पहिला एथलीट रहेको कारण मेरो इम्यून सिस्टम बलियो छ, त्यसैले कोरोनालाई जितेँ भन्दा, प्रेसले मजाक उडायो । तर यी डरपोक जर्नलिस्टमध्ये कोहि एकलाई पनि कोरोना भयो भने जीवित रहन सक्ने सम्भावन कम देख्छु,यिनीहरु एथलीट होइन्न, जो कोरोनालाई जितुन् ।’

यो भन्दा अगाडि पनि उनले श्रीमतीको भ्रष्टाचार मुद्धाको बारेमा पत्रकारले प्रश्न सोद्धा तिम्रो मुख भित्र पसेर मुक्का हान्न मन छ भन्दै जवाफ दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?