काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइसरका कारण अहिलेसम्म ८ लाख १६ हजार ९५० जनाको मृत्यु भएको छ भने त्यस्तै २ करोड ३८ लाख ६ हजार ७९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा १ करोड ६३ लाख ५६ हजार ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८१ हजार ११४ जनाको मृत्यु भएको छ भने ५९ लाख १५ हजार ६३० जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ३२ लाख १७ हजार ९८१ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख १६ हजार ५३५ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ४८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १२ हजार २५७ जनाको मृत्यु भएको छ भने ६ लाख ७६ हजार २२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ११ हजार ८७१ जनाको मृत्यु भएको छ भने ६ लाख ८ हजार ८१७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा कोरोना कारण अहिले १० हजार ३९९ जनाको मृत्यु भएको छ भने ६ लाख २ हजार ८२९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा सोमवार ४१ हजार ८४८ जना संक्रमित थपिएका छन् भने ५१० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया