कोरोना कहर : भारतमा मंगलवार थपिए ५९ हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख १६ हजार ९५० जनाको मृत्यु भएको छ भने २ करोड ३८ लाख ६ हजार ७९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५८ हजार ५४६ जनाको मृत्यु भएको छ भने ३१ लाख ६४ हजार ८८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ३ हजार १०१ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जना उपचाररत छन् ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै सोमवार मात्रै भारतमा ५९ हजार ६९६ जना संक्रमित थपिएका छन् भने ८५४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?