कोरोना विश्व अपडेटः ८ लाख १४ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १४ हजार ३ सय ७४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३७ लाख ७ हजार ३ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६१ लाख ४३ हजार ६ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८० हजार ७ सय ७३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख ९१ हजार ५ सय १७ पुगेको छ । हालसम्म ३१ लाख ७० हजार ७ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ४ हजार २ सय ४५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३६ लाख १० हजार २८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १४ हजार ९ सय १३ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २७ लाख ९ हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४१ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५८ हजार ३ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ४४ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३१ लाख ४९ हजार ७ सय ५९ पुगेको छ । हालसम्म २३ लाख ५५ हजार ८ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय २५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ४सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ सय ४४ जनामा कोरोना पुष्टि भएको र ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ६१ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ७३ हजार ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ५९ पुगेको छ । हालसम्म ६ लाख ९ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म २७ हजार ६ सय ६३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख ९४ हजार ३ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ९९ हजार ३ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६० हजार १ सय ६४ पुगेको छ । हालसम्म कोरोनाको कारण ६० हजार ४ सय ८० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय २६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ८३ हजार ८ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय १६ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ९०३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९९ हजार ५ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ७२ हजार ४ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार १४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?