काठमाडौं । केन्द्रिय तथ्याङ्ग विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको छ । जसमा कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको अनुमान रहेको राष्ट्र बैंकले देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै भनेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७
प्रतिशत र ५८.०८ प्रतिशत रहेकोछ भने कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत पुगेको छ । कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कुल जलविद्युत उत्पादन ११.५० प्रतिशतले वृद्घि भई १३१८.२ मेगावाट पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया