काठमाडौं । सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । आज कोरोना संक्रमित एक युवाको ज्यान गएसँगै जिल्लामा मृतकको संख्या ४ पुगेको छ ।
२२ बर्षिय एक युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ । उनी लहान नगरपालिका वडा नम्बर २४ गोबिन्दपुरका हुन् ।
आइतवार कोरोना संक्रमण पुष्टि भएका उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक युवक लागूऔषध प्रयोगकर्ता समेत रहेको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृषणदेवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया