नेकपा कार्यदलको प्रतिवेदन : ‘शक्ति र सामर्थ्य ठिक ढंगले बुझ्न नसक्दा समस्या उत्पन्न भयो’ (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठन गरेको कार्यदलले पार्टीले शक्ति र सामथ्र्य ठिक ढंगले बुझ्न नसक्दा समस्या उत्पन्न भएको ठहर गरेको छ । पार्टीभित्र बल्झिएको समस्या समाधानका लागि भन्दै अध्यक्षद्वयले पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त कार्यदलले शनिवार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएका थिए । विगतमा विभिन्न सन्दर्भमा नेतृत्व तहबाट गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगेको र भविष्यका दिनहरुमा सबैले आत्मसमिक्षा गरी त्यस्ता गल्ती कमजोरीहरु नगर्ने प्रतिज्ञा गर्न समेत पार्टी नेतृत्वलाई कार्यदलको सुझाव रहेको छ ।

पार्टी भित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उलङ्घन भएको र आन्तरिक एकता कमजोर भएको समेत पार्टी नेतृत्वलाई कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

लामो समयसम्म विवाद रहेको नेकपामा कोरोना संक्रमणसँगै पार्टीभित्रको विवाद एकाएक छताछुल्ल भएको थियो । पार्टी भित्रको विवाद समाधानको लागि गत असार १० गतेबाट स्थायी कमिटी बैठक बोलाइयो । तर केहि दिन मात्र बसि बैठक अनिस्चित कालका लागि स्थगित गरिएको छ । स्थायी कमिटीले समाधान दिन नसकेपछि सचिवालय डाकिएपनि सचिवालयले कुनै ठोस निष्कर्ष दिन नसकेपछि केन्द्रीय कमिटीले समस्या समाधान गर्ने भन्दै विवाद केहि मत्थर भएजस्तो देखिएको छ । विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाएर लैजानको लागि अध्यक्षद्वयले पौडेलको संयोजकत्वमा जनार्दन शर्मा, पम्फा भुसाल, भीमबहादुर रावल, शंकर पोख्रेल र सुरेन्द्र पाण्डे सदस्य रहेको उक्त कार्यदलले समस्या समाधानको लागि पहल गरिरेका छन् ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/Final-2077.05.06.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?