कोरोनाको कारण २२ वर्षीय युवकको निधन

काठमाडौं । कोरोनाको काराण सिरहामा थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान गोविन्दपुर मलाहाना २ का २२ वर्षीय युवा रहेका छन् । उनमा हिजो (आइतवार) कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा सोमवार(आज) दिउँसो ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनी लागू पदार्थ सेवनकर्ता तथा मुटु सम्बन्धि समस्या समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?