काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आईतवार आफ्नी श्रीमतीको भ्रष्टाचारसँग जोडिएको कुरामा रुष्ट बनेका छन् ।
एक पत्रिकाका न्यूज रिपोर्टरले उनलाई उनकी श्रीमती मिशेल बोल्सोनारो भ्रष्टाचारमा सहभागी बनेको विषयमा प्रश्न गर्दा उनले तिम्रो मुख तोड्न चाहान्छु भनेका थिए ।
त्यसपछि सञ्चारकर्मीहरुले बिरोध गर्न शुरु गरेका थिए । तर बोल्सोनारो प्रदर्शन गरिरहेका पत्रकारहरुलाई बेवास्ता गर्दै त्यहाँबाट किस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
मिहेललाई रिटायर्ड पुलिस अफिसरसँग मिले भ्रष्टाचार गरेको आरोप रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया