कांग्रेसबाट अध्यक्ष पद छोड्दै सोनिया गान्धी

काठमाडौं । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षको रुपमा सोनिया गान्धीको कार्यकाल १० अगस्टमा सकिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले अब पार्टीका अध्यक्षबाट सोनिया हट्ने बताएका छन् ।

सोमवार कांग्रेसको बैठकमा उनले यो निर्णय गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बैठकमा नयाँ अध्यक्षको फैसला हुने पनि बताइएको छ । कांग्रेसका २३ नेताहरुले सोनियालाई चिठी लेख्दै पार्टीको पुरै स्थिती परिवर्तन गर्न माग गरेका छन् ।

चिठी लेख्नेमा ५ पूर्व मुख्यमन्त्रीसहित पार्टीका सदस्य रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?