कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको छ ।

कुल संक्रमित मध्ये ५८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १२८० जना

प्रदेश २ मा ४१९४ जना

वाग्मती प्रदेश ७६७ जना

गण्डकी प्रदेशमा १६१०जना

प्रदेश ५ मा ४४२३ जना

कर्णाली प्रदेशमा १९७७ जना

सुदूरपश्चिम प्रदेशमा ४३८० जना

नेपालमा आज (आईतवार) थप ८१८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १४९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?