काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्व गौतमले जानकारी दिए ।
नेपालमा हालसम्म कोरोनाको कारण १ सय ४९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र झापा, पर्सा र सर्लाहीका गरी तीन जना मृतक थपिएका छन् । कुल संक्रमितमध्ये मृत्यु हुनेको दर ० दशमलव ४७ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।
नेपालमा हालसम्म १८ हजार ६ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप २ सय ८१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ जना रहेको छ । भने हाल ११ हजार बढी मानिस क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १ सय २६, भक्तपुरका २८ र ललितपुरका १२ जना रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?



कति छन् सक्रिय संक्रमित ?
आज सम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् ।
जसमध्ये प्रदेश १ मा १ हजार १ सय ५२
प्रदेश २ मा १ हजार ८ सय ९०
बागमती प्रदेशमा ३ हजार ६ सय १७
गण्डकी प्रदेशमा ३ सय ५० जना
प्रदेश ५ मा ९ सय ३५ जना,
कर्णाली प्रदेशमा ३ सय १८
सूदुरपस्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।
कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो
नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका एक ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यस्तै हिजो नेपालमा कोरोनाको कारण ९ जनाको मृत्यु भएको थियो ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुगेको छ ।
काठमाडौंमा उपत्यकामा थपिए १ सय ६६ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप २ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको छ ।
कुल संक्रमित मध्ये ५८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश १ मा १२८० जना
प्रदेश २ मा ४१९४ जना
वाग्मती प्रदेश ७६७ जना
गण्डकी प्रदेशमा १६१०जना
प्रदेश ५ मा ४४२३ जना
कर्णाली प्रदेशमा १९७७ जना
सुदूरपश्चिम प्रदेशमा ४३८० जना
काठमाडौंसहित यी ६ जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित
नेपालका ६ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
- मोरङ
- सर्लाही
यी हुन् नेपालका कोरोना मुक्त ३ जिल्ला
- म्याग्दी
- मुस्ताङ
- हुम्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया