कोरोनाविरुद्धको ‘भ्याक्सीन’ भारतीयहरुले ‘फ्रि’मा पाउने !

काठमाडौं । बेलायतको अक्सफोर्ड यूनिभर्सिटीले बनाईरहेको कोरोनाविरुद्धको भ्याक्सीनमा सारा विश्वको आश रहेको छ ।

अहिले सारा विश्वमा ट्रायलको चरणमा रहेका भ्याक्सीनहरुको तेश्रो चरणमा र सबैभन्दा अगाडि यहि भ्याक्सीन रहेको छ ।

COVID 19 Vaccine

यो भ्याक्सीनमाथि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पनि आश रहेको छ । किनभने सबै दृष्टिकोणबाट डब्ल्यूएचओले यहि भ्याक्सीनलाई नै विश्वसनीय ठान्दै आएको छ ।

COVID 19 Vaccine

यो भ्याक्सीन उत्पादनका लागि भारतमा रहेको सीरम इन्स्टीट्यूटले अनुमति पाईसकेको छ ।

COVID 19 Vaccine

भारतीय सञ्चारमाध्यमका अनुसार सीरम इन्स्टीट्यूटको भ्याक्सीन किन्ने तयारीमा भारत सरकार रहेको छ । र सरकारको तर्फबाट मानिसमा यो औषधि सित्तैमा दिइने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

COVID 19 Vaccine

सीरम विश्वकै सबैभन्दा ठूलो भ्याक्सीन उत्पादक संस्था हो । अक्सफोर्ड मात्र नभएर यसले अन्य संस्थाहरुको भ्याक्सीन पनि उत्पादन गर्ने गर्दछ ।

COVID 19 Vaccine

बिजनेश टुडेमा छापिएको उक्त समाचारका अनुसार पीबी जयकुमारको उक्त रिपोर्टमा भारत सरकारले यो संकेत दिएको बताइएको छ ।

COVID 19 Vaccine

भारतले सीरमसँग ६८ करोड डोज माग गरेको छ ।सीरम कम्पनी विश्वका ९२ वटा देशमा सप्लाई गर्न सक्ने क्षमता राख्छ ।

COVID 19 Vaccine

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५६ हजार ८७५ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ४९ हजार ८५५ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ २२ लाख ८१ हजार ९८२ जना संक्रमण मुत्तः भएका छन् भने ७ लाख १० हजार ९९८ जना उपचाररत छन् । त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ६हजार ४१९ जना नयाँ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?