भक्तपुरमा मात्रै २६८ कोरोना संक्रमित, शनिबार ५० जना थपिए

भक्तपुर । भक्तपुरमा शनिबारसम्म २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै भक्तपुरमा ५० जना थपिएसँगै संक्रमितको संख्या २६८ पुगेको हो। स्वास्थ्य कार्यालय

भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार शनिबार थपिनेमा दुवाकोट स्थित गुह्यश्वरी गणका कार्यरत २० सशस्त्र प्रहरी रहेका छन् ।

८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिका रहेका छन् भने १३ जना मध्यपुर थिमि नगरपालिकाका छन् ।

यस्तै ३ जना पुनः परिक्षण गर्दा पोजेटिभ आएका व्यक्ति हुन् । भक्तपुरमा शनिबार नै एक संक्रमितको मृत्यु समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?