गुहार माग्दै छिमेकी देश : चीनले दक्षिण चीन सागरमा तैनाथ गर्यो बमवर्षक विमान

काठमाडौं । चीनले दक्षिण चीन सागरमा आफ्नो लडाकू विमान तैनाथ गरेको छ ।

Chinese Bomber in South China Sea

अमेरिकासँगको विवाद र चेतावनीसँगसँगै चीनले चालेको यो कदमलाई गम्भीरताका साथ हेरिएको छ ।

Chinese Bomber in South China Sea

विगत केहि महिना यता अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो अड्डा जमाएर बसेको छ भने चीनले उक्त क्षेत्र १ हजार वर्ष पहिला देखि आफ्नो भएको भन्दै अमेरिकालाई मिसाइल हमला गर्ने चेतावनी समेत दिँदै आएको छ । तर अमेरिकाले दक्षिण चीन सागरमा अन्य छिमेकी देशहरुको पनि बराबरी अधिकार हुनुपर्ने भन्दै चीनको चेतावनीलाई बेवास्ता गर्दै आएको छ ।

Chinese Bomber in South China Sea

साथै चीनको सैन्य हवाई अड्डामा आफ्नो विमान घुसाउने दुस्साहस गर्दै आएको चीनले बताएको छ ।

Chinese Bomber in South China Sea

यसैबीच चीनले दक्षिण चीन सागरमा लडाकू विमान तैनाथ गरेसँगै भियतनाम सहितका छिमेकी देशहरुमा त्रास पैदा भएको छ ।

Chinese Bomber in South China Sea

भियतनामका राजदूतले चीनको उक्त कदमले डर पैदा भएको भन्दै भारतको सहयोग मागेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

Chinese Bomber in South China Sea

चीनले दक्षिण चीन सागरमा एच ६ बम्बर तैनाथ गरेको हो । अमेरिकी गतिविधिलाई रोक्न भन्दै चीनले उक्त लडाकू विमान तैनाथ गरेको हो ।

Chinese Bomber in South China Sea

अमेरिकाले पनि आफ्ना लडाकू विमान यस अगाडि नै तैनाथ गरिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?