ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा संक्रमितहरु भेटिएका छन् । प्राप्त समाचार अनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का संक्रमित भेटिएका बताइएको हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो ।
अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
ब्रालिज अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिव ५८ लाख मानिस संक्रमित पाइएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया