दिल्लीमा समातिए आईएसआईएसका आतंककारी, उत्तर प्रदेशमा ‘हाई अलर्ट’ जारी

काठमाडौं । भारतको दिल्लीमा आईएसआईएसका एक आतंककारी अबू यूसीफ गिरफ्तार भएका छन् ।

आईएसआईएसका आतंककारी समातिए पछि उत्तर प्रदेशमा हाईअलर्ट जारी गरिएको छ । साथै सुरक्षाकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन आदेश दिइएको छ ।

एडीजी प्रशान्त कुमारले आतंककारी समातिए पछि यूपीमा हाई अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आज विहान दिल्ली अआईएसआईएसका दुई आतंककारी र प्रहरीबीच इन्काउण्टर भएको थियो ।

इन्काउण्टरमा एक जना गिरफ्तार भएका छन् भने अर्का एक जना फरार भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?