अमेरिकी नागरिकले कोरोना भ्याक्सीनको टिका लगाउनु अनिवार्य छैन : डा. फाउची

काठमाडौं । कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त छ । साथै यसको समाधानका लागि भ्याक्सीन खोज्न सारा विश्व्का वैज्ञानिकहरु लागि परेका छन् ।

मानिसहरु कोरोनाबाट अब चाँडै नै मुक्ति पाउन चाहान्छन् । तर कोरोनाको संक्रमण भने दिनदिनै बढ्दै गईरहेको छ ।

साथै वैज्ञानिकहरु सन् २०२१ को शुरुवातसम्ममा कोरोनाविरुद्धको भ्याक्सीन उपलब्ध हुने बताएका छन् ।

यसैबीच अमेरिकाबाट एक अनौठो बयान सार्वजनिक भएको छ । अमेरिकाका शीर्ष अधिकारीले अमेरिकीहरुले कोरोना भ्याक्सीनको टिका लगाउन आवश्यक नरहेको बताएका छन् ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले बुधवार दिएको एक बयानमा सरकारले भविष्यमा आम नागरिकका लागि कोरोना भ्याक्सीनलाई अनिवार्य नगराउने गरि काम गर्न थालेको बताएका हुन् ।

साथै उनले स्थानीय क्षेत्राधिकारले केहि समूहका लागि मात्र अनिवार्य गर्न सक्ने बताएका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य फाउसीले जर्ज वाशिंगटन यूनिभर्सिटीको तर्फबाट आयाजित एक भिडियो कन्फ्रेन्समा भने, ‘तपाईहरु कसैलाई पनि टिका लगाउनको लागि बाध्य हुनुपर्दैन, र हामीले दबाव पनि दिँदैनौँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?