काठमाडौं । कोरोना भाइरसका कारण घरमै रहेर दिक्क बनेका मानिसहरुले विभिन्न डेस्टिनेशन इन्टरनेटमा सर्च भएका छन् । पर्यटनस्थलहरु सबै बन्द भएपछि सबै क्षेत्रमा धेरै घाटा भएको छ ।
लकडाउनका कारण मानिसहरुले विभिन्न ठाउँको डेस्टिनेशन इन्टरनेटमा नै फिल गरिरहेका छन् । एमराल्ड वाटरवेज नामको कम्पनी हालै मात्र यूरोपियन देशहरुको टुरिस्ट डेस्टिनेशनलाई लिएर गरेको रिपोर्टमा विभिन्न डेस्टिनेशनहरु धेरै खोजिएका छन् । सबैभन्दा धेरै पेरिसको एफिल टावरको नाम रहेको छ ।
एफिल टावरलाई १ लाख ३५ हजार पटक खोजिएको छ । साथै दोश्रो स्थानमा पेरिसकै नोटर ड्याम रहेको छ ।
यसलाई ४९ हजार ५०० पटक सर्च गरिएको छ ।
साथै रोमको कोलोजियम, इटालीाके लीनिंग टावर अफ पीसा, भ्याटिकनसिटीको सिस्टन च्यापल, पेरिसको आर्क डी ट्रिफ्ट, रोमको पेन्थियोन र एथेन्सको एक्रोपोलिस सबैभन्दा धेरै इन्टरनेटमा खोजिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया