दक्षिण कोरियामा एकैपटक थपिए ३३२ जना नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ३ हजार २०० जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख १७ हजार ८१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ५७ लाख ११ हजार ४७४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै ६१ हजार ८३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा अहिले ६६ लाख ३ हजार १३९ जना स्वास्थ्योपचाररत छन् भने पछिल्लो २४ घण्टामा विश्वमा ६०० जनाको मृत्यु भएको छ भने ९ हजार ३९८ जना संक्रमित थपिएका छन् ।

यसैबीच दक्षिण कोरोरियामा अहिलेसम्म ३०९ जनाको मृत्यु भएको छ भने १७ हजार २ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै १४ हजार १६९ जना संक्रमण मुक्त भएका छन् भने २ हजार ३७८ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?