भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैबीच नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

नेपालमा हिजो (बुधवार) ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?