काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ महिला र २ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै आजबाट निषेधाज्ञा जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया