उपत्यकामा एकैपटक थपिए २ सय संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?