काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।
यसैबीच भारतको आन्ध्र प्रदेशमा एक हैरान बनाउने घटना भएको छ ।
त्यहाँका एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएपछि उनका परिवारको बाँकी सदस्यले आत्महत्या गरेका छन् ।
बेस्ट गोदावरीस्थित राजमुन्दरीमा एकै परिवारका तीन जना सदस्यले सामूहि आत्महत्या गरेका छन् ।
घरका मुख्य व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएपछि उक्त व्यक्तिकी श्रीमतीसहित एक छोरा र एक छोरीले गोदावरी नदीको पुलबाट कुदेर आत्महत्या गरेका हुन् ।
श्रीमानको चार दिन पहिला मात्र कोरोनाका कारण मृत्यु भएको थियो । ५२ वर्षीय नरसैया नामका व्यक्तिको कोरोनाका कारण मृत्यु भयो ।
उनको मृत्युपछि डिप्रेसनमा रहेका परिवारले यो कदम चालेको पुलिसले बताएको छ ।
पुलिसका अनुसार मृतकका २५ वर्षीय छोरा नरसिंह फणीकुमार, छोरी लक्ष्मी अर्पणा र श्रीमती पैरिमी स्नूनीता (५०) ले आत्महत्या गरेका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया