कोरोनाको प्रकोप : अमेरिकामा बुधवार १२ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ७ लाख ९० हजार ९६४ जनाको मृत्यु भएको छ भने २ करोड २५ लाख ७७ हजार ३९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ५३ लाख ८५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ७५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७६ हजार ३३७ जनाको मृत्यु भएको छ भने ५७ लाख ९३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३० लाख ६२ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ६२ हजार २६३ जना उपचाररत छन् ।

त्यस्तै अमेरिकामा १६ हजार ८७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ११ हजार ६८६ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार २०९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ५ लाख ८५ हजार ४५४ जनालाई संक्रमण भएको छ भने १० हजार ५१७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ९ हजार ९३८ जनाको मृत्यु भएको छ भने ५ लाख ८४ हजार ४७ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार मात्रै ४४ हजार ९५७ जना संक्रमित थपिएका छन् भने १ हजार २६३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?