अमेरिकामा भयावह कायामै : बितेको २४ घण्टामै थपिए १६ हजार बढी कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ८७ हजार २ सय २९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २४ लाख ४६ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ५१ लाख ६५ हजार ७ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६२ हजार ४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७५ हजार ६ सय १७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार १० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ७१ हजार ९ सय ४ पुगेको छ ।

हालसम्म ३० लाख २ हजार ३ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?