प्रचण्डले भने- ‘एक सातामा नेकपाको विवाद मिल्ला’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद अबको एकसाताभित्र मिल्ने विश्वास व्यक्त गरेका छन् । अहिले पार्टीभित्र सकारात्मक वातावरण बन्दै गएकाले विवाद मिल्ने उनको भनाइ छ ।

गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनभित्र सहमति हुने बताएकोमा त्यो पूरा हुन सकेको थिएन ।

प्रचण्डले भने, ‘केपीजीले ५ दिनमै विवाद मिल्ने भन्नु भएको थियो । त्यसअघि म र उहाँबीच लामो छलफल भएर सकारात्मक वातावरण बनेर समझदारी भइनै सकेको थियो । सोही समझदारीमा आत्मविश्वासका साथ पाँचै दिन भनेर उहाँले भन्नु भएको हुनसक्छ । तर केही काम गर्न बाँकी नै रहेकाले अब ७ दिनजति लाग्ला ।’

बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा विवाद मिलाउन कार्यदल बनेको र सोही कार्यदलको सुझावको आधारमा निर्णयमा पुगिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?