भक्तपुरमा एक जनाको मृत्यु, थपिए ८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै भक्तपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा मात्रै आज एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच नेपालमा आज (बुधवार) थप ६८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?